Saturday May 18, 2024
BS 2081 Jestha 5
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

दैनिक कार बिक्री ९३ बाट २९ मा सीमित

Mar 24, 2017 under Business/Economy 516 , National 834

काठमाडौंः नेपाल राष्ट्र बैंकले सवारी साधनसम्बन्धी कर्जा (हायरपर्चेज)मा कडाइ गरेपछि सवारीसाधन बिक्रिीमा त्यसको प्रत्यक्ष असर पर्न थालेको छ । नयाँ नीतिपछि सवारीसाधन बिक्री करिब दुई तिहाईले घटेको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले गत महिना सवारी साधनको मूल्यको अधिकतम ५० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको छ ।

गत आर्थिक वर्ष (२०७२/०७३)को फागुनमा बागमती अञ्चलमा दैनिक औषत ९३ वटा कार बिक्री भएकोमा चालू आव (०७३/७४)मा भने जम्मा २९ वटामात्र कार बिकेको तथ्यांक छ । गत वर्षको फागुनमा २ हजार ७ सय ८६ वटा कार बागमतीमा दर्ता भएको थियो ।

चालू आवको सोही महिनामा जम्मा ८ सय ७६ वटा मात्र कार, जीप तथा भ्यान दर्ता भएको छ । बैंकमा लगानीयोग्य रकम अभाव भएको र त्यसमा पनि राष्ट्र बैंकले कडाइ गरेपछि निजी सवारी दर्तामा उल्लेख्य कमी आएको हो । फागुनमा निजी सवारी बिक्री घट्नुमा राष्ट्र बैंकले सवारी कर्जामा लगाएको ५० प्रतिशतको सीमा समेत कारक बनेको विक्रेताहरू बताउँछन् । 

चालू आवको माघदेखि बैंकहरूमा तरलता अभाव देखिएपछि अटो क्षेत्र प्रभावित भएको हो । २०७२/०७३ को माघमा १ हजार ४ सय ५२ कार, जीप तथा भ्यान दर्ता भएकोमा चालू आवको सोही महिना जम्मा ८ सय १ वटामात्र दर्ता भएको यातायात व्यवस्था कार्यालय साना तथा ठूला सवारी कार्यालय बागमतीले जनाएको छ ।

गत आवको तुलनामा चालू आवमा बागमती अञ्चलमा कार, जीप तथा भ्यानको दर्ता क्रमिक रुपमा वृद्धि हुँदै गएको थियो । तर बैंकहरूमा तरलता अभाव देखिएपछि राष्ट्र बैंकले निजी सवारीमा ५० प्रतिशतभन्दा धेरै लगानी गर्न नपाउने नीति ल्याएपछि भने सवारी बिक्रीमा उल्लेख्य कमी आएको व्यवसायीहरूले बताएका छन् । 

गत आर्थिक वर्ष (२०७२/०७३)को फागुनमा बागमती अञ्चलमा दैनिक औषत ९३ वटा कार बिक्री भएकोमा चालू आव (०७३/७४)मा भने जम्मा २९ वटामात्र कार बिकेको तथ्यांक छ । गत वर्षको फागुनमा २ हजार ७ सय ८६ वटा कार बागमतीमा दर्ता भएको थियो ।

अटो लोनमा राष्ट्र बैंकले ५० प्रतिशतको सीमा राखेपछि कुनै सवारी आयातकर्ताहरूले प्यासेन्जर भेइकल ल्याउन नसकिरहेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठ बताउँछन् ।

“सवारी बिक्रीमा कमी त आएको छ नै, यसले राजस्व संकलनमा पनि प्रत्यक्ष प्रभाव पर्ने निश्चित छ,” उनले भने, “तत्काल यसको असर नदेखिँदा धेरैले सामान्य रुपमा लिएका हुन् ।” कमर्सियल सवारीमा सीमा नतोकिएकाले समस्या नदेखिएको भए पनि प्यासेन्जर कारको क्षेत्र भने प्रत्यक्ष प्रभावित भएको छ । कमर्सियल सवारीमा सीमा नतोकिए पनि त्यसको समेत बिक्री घटेको उनको भनाइ छ । 

राष्ट्र बैंकले निजी सवारीको कर्जामा सीमा तोकेपछि त्यसको बिक्री उल्लेख्य घटेको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन श्रेष्ठले बताए । “निजी सवारीको बिक्रीमा त समस्या आएको छ नै, सीमा नतोकिएको निर्माणजन्य सवारीको बिक्री समेत घटेको छ ।” यो समस्या छिटो समाधान भएन भने यसको प्रभाव सबै क्षेत्रमा देखिने उनको भनाइ छ ।

Karobardaily.ccom
No news.
Australian Dollar to Nepalese Rs